ससुरालीबाट फर्कँदा खोलाले बगाएर मृत्यु

ससुरालीबाट फर्कँदा खोलाले बगाएर मृत्यु

धादिङ : जिल्ला ससुरालीबाट दशैंको टीका लगाएर घर फर्कने क्रममा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ।

थाक्रे गाउँपालिका–३ डोलाभज्याङस्थित नियाँले खोलाले बगाउँदा मकवानपुर थाहा नगरपालिका–७ बस्ने ३९ वर्षीय सूर्यप्रसाद ढकालको मृत्यु भएको हो।

गत बिहीबार ससुरालीबाट घरतर्फ जाने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएका उनको थाक्रे गाउँपालिका–४ धैरेनीस्थित आग्राखोलामा शव फेला परेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

असोज २५, २०७९ मंगलबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।