तोलामा १२ सय रुपैयाँले घट्यो सुन

काठमाडौं : सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ।
सोमबार ९५ हजार २ सयले कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अुनसार तेजबी सुनको मूल्यमा पनि १२ रुपैयाँले गिरावट आएर मंगलबार ९३ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको छ।
यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ मात्रै घटेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा किनबेच हुनेछ।
असोज २५, २०७९ मंगलबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।