उम्मेदवारकाे नामावली प्रकाशन गर्दै आयाेग, भाेलि उम्मेदवारी फिर्ताकाे समय

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली मंगलबार (आज) प्रकाशन हुँदैछ।
साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
सोमबार उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएकोमा ती उजुरीहरूमाथि छानबिन गरी मंगलबार साँझ नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
आयोगले प्रकाशन गर्ने नामावलीमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए बुधबार विहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ।
त्यसपछि बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
असोज २५, २०७९ मंगलबार ०७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।