किष्ट मेडिकल कलेजले भन्यो– ‘सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार भएन, अवस्था चिन्ताजनक’

काठमाडौं : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ।
जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
आइतबारदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष आईसीयूमा राखी उपचार थालिएको छ।
आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ। उनका भतिज अजरमान जोशीले स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको बताए।
असोज २५, २०७९ मंगलबार ०७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।