एन्फा महासचिव किरण राईलाई मातृशोक

एन्फा महासचिव किरण राईलाई मातृशोक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलाई मातृशोक परेको छ।

राईकी ७७ वर्षीय आमा मधुरा राईको सोमबार साँझ उदयपुरमा निधन भएको हो।

ढाडमा समस्याबाट पीडित मधुराको स्वास्थ्य गत महिनादेखि बिग्रिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई जिल्ला अस्पताल उदयपुर लगिएको थियो।

अस्पतालमै उनको ज्यान गएको हो

असोज २४, २०७९ सोमबार २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।