नवौं राष्ट्रिय खेलकुदकाे पहिलाे स्वर्ण फेन्सिङबाट बागमतीकी शिक्षा नापितलाई

नवौं राष्ट्रिय खेलकुदकाे पहिलाे स्वर्ण फेन्सिङबाट बागमतीकी शिक्षा नापितलाई

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको फेन्सिङ खेलको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छन्।

व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै नापितले स्वर्ण जितेकी हुन्। उनी प्रतियोगिताकौ स्वर्ण जित्ने पहिलो खेलाडी हुन्।

नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए।

दुई विभागीयसहित ६ टिम सहभागी प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा भएको थियो।

असोज २४, २०७९ सोमबार १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।