मुख्यमन्त्री नै टिकटविहीन

मुख्यमन्त्री नै टिकटविहीन

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी आसन्न निर्वाचनमा टिकटविहीन भएका छन्।

रोल्पा तथा दाङबाट टिकटका लागि लबिङ गरे पनि केसीलाई पार्टीले भने पत्याएन।

प्रदेशमा देखिनलायक काम नभएको र आलोचना बढेकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै केसीलाई टिकट दिन अनिच्छुक देखिएको केसी निकटकै नेताहरू बताउँछन्।

केसी यसअघि रोल्पाको प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।

पार्टी पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशको सह इन्चार्जसमेत बनेका मुख्यमन्त्री केसीका पछिल्ला अधिकांश निर्णयप्रति पार्टीका अधिकांश नेताहरू असन्तुष्ट रहेका थिए।

असोज २४, २०७९ सोमबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।