सन्दीपको सवालमा न्यायाधीशको जवाफ– ‘...यो विषय सम्बन्धित बेलामा उठाउन सक्नुहुन्छ’

सन्दीपको सवालमा न्यायाधीशको जवाफ– ‘...यो विषय सम्बन्धित बेलामा उठाउन सक्नुहुन्छ’

काठमाडौं : बालिका बलात्कारको आरोपमा हिरासतमा रहेको सन्दीप लामिछानेले न्यायाधीशसँग सवाल गरेका छन्।

आफूलाई आरोपी बनाइँदा गोपनीयताको ख्याल नगरिएको र मानहानी भएको भन्दै त्यसको कानूनी उपचारको व्यवस्थाको बारेमा लामिछानेले न्यायधीशलाई प्रश्न गरेका थिए।

अदालतमा बयान दिने क्रममा उनले आफू निर्दोष रहेको दाबी गर्दै सन्दीपले न्यायधीशलाई सोधे, ‘मेरो गोपनीयता भङ्ग भएको र मेरो मानहानी भएको अवस्थामा त्यसको कुनै वैकल्पिक उपचार छ कि छैन?’

जवाफमा न्यायाधीशले मुद्दाको क्रममा सम्बन्धित बेलामा उठान गर्नसक्ने सुझाव दिएको अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए।

यस्तै इजलासमा सन्दीपले जाहेरवालीले आफ्नो उमेर पटक–पटक १९ वर्ष भनेको बताएको पनि घिमिरेले जानकारी दिए।

घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नुभएको छ ।’

असोज २४, २०७९ सोमबार १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।