कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

काठमाडौं : कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

तिलागुफा नगरपालिका–४ राँचुली गाउँका स्थानीय हेमराज शाहीको मलामी गएका १५ जना सम्पर्कविहीन भएको स्थानीय कुमार शाहीले जानकारी दिए।

स्थानीयको खबरपछि प्रहरी घटनास्थल गएको र अनुसन्धानपछि थप विषय खुल्ने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले उकेरालाई जानकारी दिए।

राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई स्थानीय कालिका माविमा राखिएको छ।

असोज २४, २०७९ सोमबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।