भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज : श्रेयसको शतक, किसानले बनाए ९३ रन

काठमाडौं : पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली भारतले एक खेलअगावै जितेको छ।
दक्षिण अफ्रिकाले दिएको २७९ रनको लक्ष्य भारतले २५ बाल बाँकी छँदै ३ विकेटको क्षतिमा पूरासँगै भारतले ७ विकेटको जित निकाल्दै सिरिज जितेको हो।
उसका लागि श्रेयस ऐय्यरले अविजित ११३ रन बनाउँदा इसान किसाने ९३, सुवमन गिलले २८, शिखर धवनले १३ र सन्जु सामसनले अविजित ३० रन बनाए।
बलिङतर्फ कागिसो रबाडा, वायने परनिल र बिजोर्न फर्ट्यूनले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७८ रन बनाएको थियो।
उसका लागि ऐडन मारक्रमले ७९, रीजा हेन्ड्रिकले ७४, हेनरिच क्लासेनले ३०, जानेमन मलानले २५, वायने पर्निलले १६, क्वीन्टन डि कक र केशब महाराजले समान ५–५ रन बनाउँदा डेभिड मिलरले ३५ रन बनाउँदै अविजित रहे।
बलिङतर्फ मोहम्मद सिराजले तीन तथा वासिङ्टन सुन्दर, शहबाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेल मंगलबार दिल्लीमा हुनेछ।
यसअघि भएको खेलमा भारतले ९ रनले जितेको थियो भने त्यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज पनि २–१ जितेको थियो।
असोज २३, २०७९ आइतबार २२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।