ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्छु : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन्।
आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै थापाले त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको बताए।
महामन्त्री थापाले अबको निर्वाचनपछि पार्टीको मुल जिम्मेवारी लिन प्रयास गर्ने बताउँदै उनले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न क्रियाशील हुने उनले बताए।
महामन्त्री थापाले काठमाडौं–४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लड्न लागेको बताए।
उनले सांसदको रूपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागि परेको दाबीसमेत गरे।
असोज २३, २०७९ आइतबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।