आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ५८६६ जनाको उम्मेदवारी दर्ता (अपडेट)

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ५८६६ जनाको उम्मेदवारी दर्ता (अपडेट)

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ५ हजार ८६६ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगले साँझ ८ बजेर ५१ मिनेटमा गरेको अपडेटअनुसार प्रतिनिधि सभा तर्फ २ हजार ४७३ र प्रदेश सभातर्फ ३ हजार ३९३ जना गरी कुल ५ हजार ८६६ जनाको उम्मेदवारी आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको छ।

प्रतिनिधि सभातर्फ पुरुष २ हजार २४२ र महिला २३१ जना हुँदा प्रदेश सभातर्फ ३ हजार ९९, महिला २९३ र लैङ्गिक तथा अल्पसंख्यक १ जना छन्।

आयोगले आइतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ताको समय तोकेको थियो। तर, निर्धारित समयमा उम्मेदवारी दर्ता गर्ने क्रम नसकिएकाले ढिलासम्म उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कुल ८२५ सिटका लागि मतदान हुनेछ।

असोज २३, २०७९ आइतबार २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।