सालीको घर गएका भिनाजुको साढु भाइसँग विवाद, छतबाट खसालेर हत्या!

काठमाडौं : रूपन्देही एक पुरुषको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने ५३ वर्षीय भिमबहादुर खड्काको हत्या अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ मिश्रौलीया बस्ने ३५ वर्षीय केशबहादुर क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
मिश्रौलियास्थित आफ्नै साली नाता पर्ने पुनम क्षेत्रीको घरमा आएका भिमबहादुर र साढु भाई नाता पर्ने केशबहादुरबीच विवाद हुँदा केशबहादुरले १ तला माथि छतबाट धकेल्दा गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
असोज २३, २०७९ आइतबार १८:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।