घनश्याम भुसालले दिए रूपन्देही–१ मा उम्मेदवारी, सत्ता गठबन्धनले दिएन

बुटवल : एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
यो क्षेत्रमा गठबन्धनले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छैन। शनिबार एमाले परित्याग गरेको घोषणा गरेका भुसालले निर्वाचन अधिकृतको कार्यालय देवदह सितलनगर पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।
उनलाई सत्तारुढ गठबन्धनले सघाउने बताएको छ। सत्ता गठबन्धनबाट प्रदेश सभातर्फ अब्दुल रज्जाक र विश्वनाथ यादवले उम्मेदवारी दिएका छन्।
दुवै जना नेपाली कांग्रेसका हुन्। यो क्षेत्रबाट एमालेबाट केन्द्रीय सचिव सचिव छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन्।
असोज २३, २०७९ आइतबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।