एएफसी यू-१७ एसियन कप छनोटकाे तेस्राे खेलमा पनि नेपाल पराजित

एएफसी यू-१७ एसियन कप छनोटकाे तेस्राे खेलमा पनि नेपाल पराजित

काठमाडौं : १७ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ।

नेपाललाई आइतबार भएको खेलमा चाइनिज ताइपेईले ४–२ गोलले पराजित गर्यो।

यससँगै समूह ‘एफ’ को छनोटमा नेपालले तीन खेलमा १२ गोल खायो भने दुई गोल गर्न सक्यो।

नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डसँग ३(० गोलको हार बेहोरेको थियो।

दोस्रो खेलमा आयोजक भियतनामसँग ५(० गोलले पराजित भएसँगै छनोटबाट बाहिरिएको थियो।

असोज २३, २०७९ आइतबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।