गुल्मीमा गठबन्धनबाट चन्द्र र रामकुमारी, एमालेबाट गोकर्ण र प्रदीपको उम्मेदवारी दर्ता

गुल्मीमा गठबन्धनबाट चन्द्र र रामकुमारी, एमालेबाट गोकर्ण र प्रदीपको उम्मेदवारी दर्ता

बुटवल : गुल्मीको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन कार्यालय गुल्मी तम्घास पुगेर उनले उम्मेदवारी दिएका हुन्। सोही निर्वाचन क्षेत्रबाट एमालेबाट प्रदीप ज्ञवालीले उम्मेदवारी दिएका छन्। ज्ञवाली ०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यता क्षेत्र नम्बर २ मा एमालेबाट गोकर्ण विष्टले उम्मेदवारी दर्ता गरेका छन्। सत्तागठबन्धन बाट भने एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छन्।

त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा गठबन्धकी साझा उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएको छ।

झाँक्रीविरुद्ध कांग्रेस डा. दामोदर भुसालले उम्मेदवारी दिएका हुन्। उनी प्रदेश योजना आयोगका सदस्य हुन्।

असोज २३, २०७९ आइतबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।