रूपन्देहीको-५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका दुई जनाकाे उम्मेदवारी (पत्रसहित)

बुटवल : रूपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका दुई जनाले उम्मेदवारी दर्ता गरेका छन्।
आइतबार दिउँसो एमाले बाटै बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन्।
घिमिरले पहिला उम्मेदवारी दर्ता गरेका हुन् भने काठमाडौंमा रहेका भट्टराईले केही ढिलो गरी मनोनयद दर्ता गरेका हुन्।
घिमिरेलाई सुरुमा टिकट दिए पनि अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई टिकट दिएका थिए।
घिमिरेले आफू नै आधिकारिक उम्मेदवार रहेको भन्दै दिउँसो ३ बजे उम्मेदवारी दर्ता गरेका थिए। भट्टराईले निर्वाचन कर्यालय रूपन्देही क्षेत्र नम्बर ५ लाई उम्मेदवारी सच्चाइएको पार्टीको आधिकारिक पत्रसहित उम्मेदवारी दर्ता गरेका हुन्।
निर्वाचन अधिकृतका कार्यालयले दुवै उम्मेदवारलाई मनोनयम दर्ता गरेको पत्र दिएको छ। अहिले दर्ता मात्र हुने र छानविन पछि उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित निर्वाचन आयोगको कार्यालयले जनाएको छ।
असोज २३, २०७९ आइतबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।