गुल्मी–२ मा झाँक्रीविरुद्ध कांग्रेसले उठायो बागी उम्मेदवार

गुल्मी–२ मा झाँक्रीविरुद्ध कांग्रेसले उठायो बागी उम्मेदवार

बुटवल : गुल्मी–२ मा वाम–लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएको छ।

झाँक्रीविरुद्ध कांग्रेसका डा. दामोदार भुसालले उम्मेदवारी दिएका हुन्। प्रदेश योजना आयोगका सदस्यसमेत रहेका उनले कांग्रेसबाट टिकटका लागि जोडबल गर्दै आएका थिए।

तर, सत्ता गठबन्धनको निर्णयले गुल्मी–२ एकीकृत समाजवादीको भागमा परेपछि उनले बागी उम्मेदवारी दिएका हुन्।

असोज २३, २०७९ आइतबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।