स्रोत नखुलेको २८ लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ 

स्रोत नखुलेको २८ लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ 

पर्सा : स्रोत नखुलेको २८ लाख भारतीय रूपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजार सहित नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङसहित तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज २३, २०७९ आइतबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।