शिक्षामन्त्री पौडेलले बागलुङ–२ बाट गराए उम्मेदवारी दर्ता

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार दिउँसो ३ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङ पुगेर पौडेलले बागलुङ–२ बाट उम्मेदवारी दिएका हुन्।
पौडेल उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन्।
बागलुङ–२ मै एमालेकी मन्जु शर्मा चालिसेले उम्मेदवारी दिएकी छन्। त्यसैगरी प्रदेश सभामा नेपाली कांग्रेसबाट जित शेरचन र दोर्ण कुँवरले उम्मेदवारी मनोनयन गराएका छन्।
असोज २३, २०७९ आइतबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।