वारेसनामामार्फत देउवाकाे उम्मेदवारी दर्ता

वारेसनामामार्फत देउवाकाे उम्मेदवारी दर्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उहाँकी पत्नी डा. आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।

वारिसनामामार्फत डा.आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेकाे मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

असोज २३, २०७९ आइतबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।