एमालेमा विद्रोह, पार्टीले टिकट नदिएपछि रामवीर मानन्धरले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं : पार्टीले टिकट नदिएपछि एमाले नेता रामवीर मानन्धरले काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
कार्यकर्ता र जनताको भावना नबुझी नेतृत्त्वले निर्णय लिएपछि आफूले बाध्य भएर उम्मेदवारी दिएको मानन्धरले बताए। नेतृत्त्वले आफ्नो शैली सुधार्न पनि उनले सुझाव दिएका छन्।
काठमाडौं–७ मा आफूले सहजै जित्ने दाबी गर्दै उनले नेतृत्त्वले यस्ता कुरामा ध्यान दिनुपर्ने बताए।
मानन्धर २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको आम निर्वाचनमा काठमाडौं–७ बाट विजयी भएका थिए।
यसअघि पार्टीले टिकट नदिएपछि घनश्याम भुसालले एमाले परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
असोज २३, २०७९ आइतबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।