थप २२ जनामा कोरोना संक्रमण, २३ जना संक्रमणमुक्त

थप २२ जनामा कोरोना संक्रमण, २३ जना संक्रमणमुक्त

काठमाडौं : नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ हजार ७६१ जनामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसदिन २३ जना संक्रमित संक्रमणमुक्त हुँदा १९ हजार ४६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन। देशभर ५७० जना कोरोना सक्रिय संक्रमित छन्।

असोज २३, २०७९ आइतबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।