गठबन्धनकाे तर्फबाट रूपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङकाे उम्मेदवारी दर्ता

गठबन्धनकाे तर्फबाट रूपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङकाे उम्मेदवारी दर्ता

बुटवल : वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङले प्रतिनिधि सभा सदस्यमा रूपन्देही–२ बाट मनोनयन दर्ता गराएका छन्।

गुरुङले रुपन्देही–२ बाट दलबल सहित बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उदबिर नेपालीले जानकारी दिए।

१३१ मतदान केन्द्र रहेको रूपन्देही–२ मा बुटवल उप–महानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडा पर्छन्।

१ लाख २६ हजार ८०७ मतदाता रहेको यो क्षेत्रबाट एमालेका विष्णु पौडेलले तीनपटक निर्वाचित भएका छन्।

असोज २३, २०७९ आइतबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।