दशैंपछिको पहिलो दिन शेयर बजारमा ४४ अंकको उत्साह, हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौं : दशैंपछि पहिलो दिन खुलेको शेयर बजारलाई लगानीकर्ताले भव्य स्वागत गरेका छन्।
कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा पुग्दा क वर्गको कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ३७२.२१ विन्दुमा पुगेको छ।
यसदिन कारोबार भने १ अर्बभन्दा कमकै भएको छ। २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६८ लाखको कारोबार भयो।
यसदिन तेह्र उपसूचक समूह सबै बढेका छन्। सबैभन्दा बढी फाइनान्स समूह ४.६९ प्रतिशतले बढ्दा सबैभन्दा कम म्युचल फन्ड ०.७ प्रतिशतले बढेको छ। जलविद्युत्, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बीमा र अन्य समूह २ प्रतिशतभन्दा बढीले बढेका छन्।
आइतबार सप्तकोशी विकास बैंक, उपकार लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै लगानीकर्ता झुम्मिएका छन्। यो कम्पनीको मात्र आज २२ करोडको कारोबार भयो।
असोज २३, २०७९ आइतबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।