समानुपातिकबाट प्रत्यक्षमा हामफाले गृहमन्त्री खाँण, रुपन्देही–३ मा उम्मेदवारी दर्ता

समानुपातिकबाट प्रत्यक्षमा हामफाले गृहमन्त्री खाँण, रुपन्देही–३ मा उम्मेदवारी दर्ता

बुटवल : गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले रुपन्देही–३ मा उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मन्त्री खाँणले वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

२०७४ सालको निर्वाचनमा समानुपातिकबाट उठेका उनले यसपटक प्रत्यक्षतर्फ निर्वाचन लड्ने मनसाय बनाएका हुन्।

मनोनयन दर्तापछि उनले रुपन्देही–३ मा जनताले आफूलाई नै जिताउने विश्वास व्यक्त गरे।

यसअघि यही क्षेत्रका लागि एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहरा र भैरहवाका उद्योगपति केशबविक्रम खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन्।

सामान्यतया समानुपातिकतर्फकाे उम्मेदवारीलाई प्रत्यक्षभन्दा सहज र सजिलाे मानिन्छ।

असोज २३, २०७९ आइतबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।