काठमाडौं–२ छाडेर रौतहट–१ बाट माधवकुमार नेपालको उम्मेदवारी दर्ता

काठमाडौं–२ छाडेर रौतहट–१ बाट माधवकुमार नेपालको उम्मेदवारी दर्ता

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रौतहट–१ बाट निर्वाचन लड्ने भएका छन्।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी अध्यक्ष नेपालले उम्मेदवारी दर्ता गरेका हुन्।

यसअघि काठमाडौं–२ बाट २७ हजार ३ सय ६६ मत ल्याएर उनी विजयी भएका थिए। यसपटक काठमाडौंमा जोखिम देखेपछि उनी सहज जितका लागि रौतहट गएका हुन्।

मनोनयन दर्तापछि अध्यक्ष नेपालले आफ्नो मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरे।

असोज २३, २०७९ आइतबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।