बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे गोरखा–२ बाट उम्मेदवारी दर्ता

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट मनोनयन दर्ता गरेका छन्।
दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन्।
उनको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ साथमा थिए।
डा. भट्टराईले यसपटकको निर्वाचनमा सहभागी नहुने भएसँगै अध्यक्ष दाहालले गोरखा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन्।
मनोनलय दर्ता गर्न जाने क्रममा प्रचण्ड लगायतकाका शीर्ष नेताहरूलाई गोरखामा भब्य स्वागत गरिएको थियो।
गत निर्वाचनमा गोरखा–२ बाट डा. भट्टराईले निर्वाचत जित्दा नारायणकाजी श्रेष्ठ पराजित भएका थिए।
असोज २३, २०७९ आइतबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।