तीन पटक जितेकै क्षेत्रमा विष्णु पौडेलले गराए उम्मेदवारी दर्ता

बुटवल : एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा सदस्यमा रूपन्देही–२ बाट मनोनयन दर्ता गरेका छन्।
पौडेलले दलबल सहित बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उदबिर नेपालीले जानकारी दिए।
१३१ मतदान केन्द्र रहेको रूपन्देही–२ मा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ वडा र सैनामैना नगरपालिकाका ४ वटा वडाहरू पर्छन्।
यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न्। यो क्षेत्रबाट पौडेल ३ पटक निर्वाचित भएका छन्।
असोज २३, २०७९ आइतबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।