दाङ-३ बाट काेमल वलीकाे उम्मेदवारी दर्ता

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोमल वलीले उम्मेदवारी दर्ता गराएकी छन्।
आइतबार दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर वलीले दाङ–३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकी हुन्।
यसअघि एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी वलीले यसपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेकी हुन्।
उम्मेदवारी दर्ता गरिसकेपछि उनले आफू विजयी हुने विश्वास व्यक्त गरिन्।
असोज २३, २०७९ आइतबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।