रूपन्देही–३ बाट भैरहवाका उद्योगपति केशबविक्रम खड्काद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

रूपन्देही–३ बाट भैरहवाका उद्योगपति केशबविक्रम खड्काद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

भैरहवा : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देही–३ बाट भैरहवाका उद्योगपति केशबविक्रम खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

आइतबार भैरहवास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दर्ता पछि उनले यसपटक स्वतन्त्रले जित निकाल्ने र आफू विजयी हुने विश्वास व्यक्त गरे।

यो क्षेत्रबाट गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र एमालेसँगको सहकार्यमा राप्रपाका वरिष्ठ नेता दीपक बोहराले पनि उम्मेदवारी दिएका छन्।

असोज २३, २०७९ आइतबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।