रूपन्देही–३ मा राप्रपा वरिष्ठ नेता बोहराद्वारा उम्मेदवारी दर्ता

भैरहवा : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देही–३ बाट राप्रपा वरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गरेका छन्।
लामो समयदेखि रुपन्देहीलाई राजनीतिक थलो बनाइरहेका बोहराले आइतबार विहान उम्मेदवारी दर्ता गराएका हुन्। उनलाई एमाले र जसपाको समर्थन छ।
समर्थकसहित पार्टी कार्यालयबाट उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय गएका थिए। बोहरा गत निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।
त्यतिबेला नेपाली कांग्रेसले उनलाई समर्थन गरेको थियो। गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित बनेका थिए।
यसपटक उनको प्रतिष्पर्धा पूर्व सहयात्री दल काँग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री खाँणसित हुन लागेको हो। पटक–पटक मन्त्री भएका बोहराले यसपटक आफू भारी मतले विजयी हुने विश्वास व्यक्त गरेका छन्।
असोज २३, २०७९ आइतबार १२:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।