चितवनमा स्वतन्त्र पार्टीबाट रवि लामिछाने उत्रिँदा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं : चितवन राजनीतिक सरगर्मीले जहिल्यै तात्तिने जिल्ला हो। चाहे त्यो स्थानीय तह होस् या प्रदेह तथा संघीय चुनाव नै किन नहोस्।
यसैबीच यसपटक पनि चितवनको निर्वाचनका सबैको आँखा छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडे पनि त्यहाँको राजनीतिक सरगर्मी ओरालो लाग्ने सुरुमा छैन।
तीन निर्वाचन क्षेत्र रहेका चिवतनमा गठबन्धनको तर्फबाट कांग्रेसका विश्व पौडेल र उमेश श्रेष्ठलाई क्रमशः १ र २ निर्वाचन क्षेत्र छुट्याउँदा माओवादीले ३ बाट डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ।
यस्तै एमालेको तर्फबाट चितवन १ र २ मा क्रमशः सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलले टिकट पाउँदा ३ नम्बर क्षेत्रको अझै टुंगिएको छैन।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिँदा स्थानीय तह निर्वाचनमा प्रचण्डपुत्री रेनु दाहालसँग पराजित जगन्नाथ पौडेलले ३ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
असोज २३, २०७९ आइतबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।