मिलन पाण्डेले साझा पार्टीको तर्फबाट काठमाडौं–९ बाटै उम्मेदवारी दिने

मिलन पाण्डेले साझा पार्टीको तर्फबाट काठमाडौं–९ बाटै उम्मेदवारी दिने

काठमाडौं : विवकेशील अभियन्ता मिलन पाण्डेले काठमाडौं–९ बाट उम्मेदवारी दिने भएका छन्।

विवेकशील साझा पार्टीबाट निकालिएका पाण्डेले साझा पार्टीको चुनाव चिन्ह पाइलाबाट उम्मेदवारी दिन लागेका हुन्।

उनले संसदबाटै शिक्षा, स्वास्थ्य र युवा रोजगारीका लागि उठाउन आफूले उम्मेदवारी दिन लागेको जानकारी दिए।

यसअघि २०७४ सालको निर्वाचनमा उनले काठमाडौं–९ बाटै उम्मेदवारी दिएका थिए। त्यो समयमा उनले पाँच हजार मत मात्र प्राप्त गरेका थिए। 

असोज २३, २०७९ आइतबार ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।