रुपन्देही–१ बाट स्वतन्त्र वाम उम्मेदवार बन्ने घनश्याम भुसालकाे घाेषणा, गठबन्धनले सहयाेग गर्ने

रुपन्देही–१ बाट स्वतन्त्र वाम उम्मेदवार बन्ने घनश्याम भुसालकाे घाेषणा, गठबन्धनले सहयाेग गर्ने

बुटवल : एमाले परित्याग गरेका घनश्याम भुसालले स्वतन्त्र वाम उम्मेदवार बन्ने घोषणा गरेका छन्।

आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भुसालले आफू रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र वाम उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

भुसाललाई गठबन्धनले गर्ने भएको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको चिन्ह लिएर आग्रह गरे पनि आफूले स्वतन्त्र नै रहन दिन अनुरोध गरेको भुसालले बताए।

‘कमरेड प्रचण्डले आग्रह गर्नुभएको थियो, तर मलाई स्वतन्त्र नै रहन दिनुस् भनेपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग छलफल गर्छु भन्नुभएको थियो,’ उनले भने, ‘उहाँले राति साढे १२ बजे फोन गरेर गठबन्धनले सकेको सहयोग गर्छ भन्नुभएको छ।’

असोज २३, २०७९ आइतबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।