एमालेले मकवानपुर–१ मा कमल थापालाई सघाउने

एमालेले मकवानपुर–१ मा कमल थापालाई सघाउने

काठमाडौं : एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहयोग गर्ने भएको छ।

राप्रपा नेपालका अध्यक्ष थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति पत्रमा हस्तााक्षर भएसँगै मकवानपुर क्षेत्र नम्बर १ बाट थापाले निर्वाचन लड्ने भएका हुन्। अध्यक्ष थापाले सहयोगका लागि एमालेलाई धन्यवाद दिँदै उम्मेदवारी घोषणासमेत गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छ। सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद।’

असोज २३, २०७९ आइतबार ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।