यी नौ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

यी नौ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौं : पश्चिम क्षेत्रमा भएको लगातारको वर्षाका कारण आगामी २४ घण्टा सुदूरपश्चिमका नौ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ।

बझाङ, बैतडी, बाजुरा, डोटी, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलाली र बर्दियामा आकिस्मक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली प्रदेशका डोल्पाबाहेक अन्य जिल्ला, सुदूरपश्चिम प्रदेशको दार्चुला र लुम्बिनी प्रदेशको बाँके र दाङमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशको साना तथा खहरे खोला आसपास यात्रा गर्दा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण असोज १८ गतेदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ।

अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा वर्षा भइरहेको छ। दिउँसो र राति लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

असोज २३, २०७९ आइतबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।