आयाेगले सार्वजनिक गर्‍याे समानुपातिक तर्फकाे बन्दसूची, ८ हजार ९२९ जना उम्मेदवार

आयाेगले सार्वजनिक गर्‍याे समानुपातिक तर्फकाे बन्दसूची, ८ हजार ९२९ जना उम्मेदवार

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले आइतबार विहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।

आयोगका तथ्यांकअनुसार प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै प्रदेश १ मा ३६ दलका ६६१, मधेसमा ३६ दलका ९४८, बागमतीमा ४१ दलका ८२५, गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ उम्मेदवार गरी ६ हजार ४९३ जना उम्मेदवारी दिएका छन्।

 

असोज २३, २०७९ आइतबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।