गगन सर्लाहीबाट उम्मेदवार बन्ने हल्ला मात्र, प्रदीप पौडेल आए काठमाडौं-५ मा

काठमाडौं : कांग्रेस महामन्त्री तथा २ पटक सांसद निर्वाचित गगन थापालाई पार्टीले काठमाडौं-४ को टिकट दिएको छ।
शनिवार दिनभर उनी सर्लाही-४ जाने चर्चा भएको थियो। तर कांग्रेस संसदीय बोर्ड बैठकले उनको नाम काठमाडौं-४ मै फाइनल गरेको स्रोतले बतायो।
नुवाकोट छाडेर काठमाडौं-५ आएर पराजित भएका प्रकाशशरण महत समानुपातिक सूचिमा बसेपछि काठमाडौं-५ बाट प्रदीप पौडेल उम्मेदवार हुने भएका छन्। उनी गत निर्वाचनमा तनहुँमा प्रदेश सभामा पराजित भएका थिए।
शनिवार मध्यरात टुङ्गिएको काठमाडौंको पाँच सिटमध्ये अन्यमा पुरानै सांसद छन्। सधैँझैँ काठमाडौं १ मा प्रकाशमान सिंह, काठमाडौं ६ मा भीमसेनदास प्रधान र काठमाडौं १० मा राजेन्द्र केसीले टिकट पाएका छन्।
असोज २२, २०७९ शनिबार २३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।