स्थानीय तहमा उम्मेदवार भएकाले आयोगका ७८ वटै कार्यालयमा जरिवाना बुझाउन सक्ने

काठमाडौं : निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाहीको रकम ७८ वटै निर्वाचन कार्यालयमा बुझाउन सकिने भएको छ।
जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित आयोगको कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको हो।
आयोगले सो निर्णयबारे शनिबार विज्ञप्तिमार्फत जानकारी दिइएको हो।
आयोगले कानूनबमोजिमको जरिवाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजस्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश÷जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि नै निर्देशन दिएको थियो।
प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुअघि यसअघिको निर्वाचनमा सहभागी उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ।
असोज २२, २०७९ शनिबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।