गगनले भने : काठमाडौं क्षेत्र नम्बर ४ छाडेको छैन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारी नछाडेको बताएका छन्।
उनको स्थानमा डा स्वर्णिम वाग्ले उठ्ने चर्चा सुरु भएको छ। थापा सर्लाही-४ बाट उम्मेदवार बन्ने समाचारबारे उकेराले थापालाई जिज्ञासा राख्दा उनले भने' हैन।'
थापा निकट नेता शङ्कर तिवारीले गगनको पृष्ठभूमि पानी छामेर निर्णय गर्ने खालको नभएको भन्दै भने' थापा मधेसै जाने भए सार्वजनिक घोषणा गरेर जान्छन्। लुकेर खेल खेल्दैनन्। अहिलेसम्म यो हल्ला मात्र हो।'
असोज २२, २०७९ शनिबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।