राष्ट्रपति भण्डारीको डेंगु परीक्षणको रिपोर्ट नेगेटिभ, रक्तचाप उच्च

राष्ट्रपति भण्डारीको डेंगु परीक्षणको रिपोर्ट नेगेटिभ, रक्तचाप उच्च

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको डेंगु परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

चार दिनदेखि लगातार ज्वरो आएपछि अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीको ज्वरो नियन्त्रणमा रहेको र डेंगु संक्रमण पनि नभएको शिक्षण अस्पतालमा सुचना अधिकारी रामविक्रम अधिकारीले उकेरालाई जानकारी दिए।

‘उहाँको अवस्था सामान्य छ, ज्वरो पनि लगभग कन्ट्रोल छ,’ अधिकारीले भने, ‘अब्जरभेशनका लागि आज भर्ना गरिएको छ, रिपोर्ट प्राय नर्मल छ, डेंगु पनि नेगेटिभ छ।’

ज्वरोको कारण पत्ता लगाउन थप स्वास्थ्य परीक्षण भइरहेको अधिकारीले बताए। राष्ट्रपति भण्डारीलाई उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालले जनाएको छ।

फिजिसियन डा. निरज बमलगायत चिकित्सकको टिम राष्ट्रपति भण्डारीको स्वास्थ्य उपचारमा खटिएको छ। राष्ट्रपति भण्डारी आइतबार डिस्चार्ज हुनसक्ने अधिकारीले बताए।

असोज २२, २०७९ शनिबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।