आठ जना मृत अवस्थामा भेटिए

आठ जना मृत अवस्थामा भेटिए

काठमाडौं : देशका विभिन्न जिल्लामा ८ जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं, दाङ, कपिलबस्तु, नुवाकोट, नवलपरासी पश्चिम र चितवनमा गरी ८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ थापाचोक बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका ५२ वर्षीय बालकृष्ण ढुङ्गेल आफ्नै घरको भुइँतलाको बाथरुमभित्र शनिबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

दाङको घोराही उपमहानगरपालिका–९ पर्सेनी बस्ने ३० वर्षीय लछि राम खड्का सोही ठाउँस्थित लिप्टिसको रुखको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

कपिलबस्तुको कृष्णनगर नगरपालिका–२ लिङगेटस्थित पार्किङ गरी राखेको यूपी ३२ ईएन ७७७७ नम्बरको ट्रकमा ट्रक  चालक भारत उत्तर प्रदेश जगना मिर्जापुर बस्ने ३७ वर्षीय सूर्य बली शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

नुवाकोटको बिदुर नगरपालिका–४ त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला  शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिपरैयास्थित झरही खोलामा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, रत्ननगर नगरपालिका–९ गणेशचोकस्थित घरको कम्पाउण्डमा नवलपुर गैंडाकोट घर भएका ३५ वर्षीय शंकर श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज २२, २०७९ शनिबार १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।