ओलीलाई भेटेर अष्टलक्ष्मीले भनिन् 'उम्मेदवार बन्दिन, विकल्प सोच्नु'

ओलीलाई भेटेर अष्टलक्ष्मीले भनिन् 'उम्मेदवार बन्दिन, विकल्प सोच्नु'

काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ८ बाट संसद् उम्मेदवारको टिकट पाएकी एमाले नेतृ अष्टलक्ष्मी शाक्य उम्मेदवार नबन्ने भएकी छिन्।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूले पार्टीबाट धेरै अवसर पाएको भन्दै संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएकी हुन्।

माधव नेपाल समूहमा रहेकी शाक्य अन्तिम समयमा ओली समूहमा गएर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्।

उनले १० बुँदे सहमतिमा संलग्नहरूमाथि अन्याय नगर्न आग्रह गर्दै उम्मेदवार बन्न नचाहनेलाई टिकट दिने चाहनेलाई नदिने नगर्न आग्रह गरेकी थिइन्।
उनले भीम रावल, घनश्याम भुसाल र भीम आचार्यमाथि अन्याय नगर्न आग्रह गर्दै काठमाडौँ ८ मा विकल्प खोज्न भनेर फर्किएकी थिइन्।

असोज २२, २०७९ शनिबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।