आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख अग्निप्रसाद सापकोटाको घोषणा

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख अग्निप्रसाद सापकोटाको घोषणा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन्।

२०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए।

बुधबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरूले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु।’

असोज २२, २०७९ शनिबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।