चार दिनदेखि ज्वरो आएपछि राष्ट्रपति अस्पताल भर्ना

चार दिनदेखि ज्वरो आएपछि राष्ट्रपति अस्पताल भर्ना

काठमाडौं : चार दिनदेखि लगातार ज्वरो आएपछि राष्ट्रपति विद्या देवी भण्डारी शिक्षण अस्पतालमा भर्ना भएकी छिन्। उनी शनिवार अस्पतालको डिलक्स क्याबिनमा भर्ना भएकी हुन्।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार उनमा डेंगुको सङ्केत देखिएपछि रगत लगायतको परीक्षण गरिएको छ।

तर नतिजा आएको छैन। भण्डारीलाई अहिले पनि ज्वरो आइरहेको उनले जानकारी दिए।

'डेगुं हो कि भन्ने शङ्का छ। रगतको परीक्षण भइरहेको छ। रिपोर्टपछि के भएको हो थाहा हुन्छ' उनले भने।

असोज २२, २०७९ शनिबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।