बाथरुममा मृत भेटिए बालकृष्ण ढुङ्गेल

बाथरुममा मृत भेटिए बालकृष्ण ढुङ्गेल

काठमाडौं : एमाले नेता बालकृष्ण ढुङ्गेल आफ्नै घरको बाथरुममा मृत फेला परेका छन्। काठमाडौं काँडाघारीमा रहेको घरको बाथरुममा शनिवार बिहान उनी मृत भेटिएका हुन्।

उनी घरमा एक्लै थिए। परिवारका सदस्य बर्दिबास गएका थिए।

माओवादी सशस्त्र द्वन्द्वमा संलग्न उनी उज्जैन श्रेष्ठ हत्या अभियोग पुष्टि भएसँगै आजन्म कैद सजाय पाएका थिए। उनलाई राष्ट्रपतिले माफी दिएर रिहा भए।

माओवादीबाट संविधान सदस्य समेत बनेका उनी पछिल्लो समय एमाले पोलिट्ब्युरोमा थिए।

असोज २२, २०७९ शनिबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।