२५ सिट लिन एमालेमा गएको जसपाले पायो १७ सिट

काठमाडौं : २५ सिट पाउने भन्दै गठबन्धन छाडेर एमालेसँग सहकार्य गर्न गएको जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा जम्मा १७ सिट पाएको छ।
गठबन्धनले १६ सिट दिने भएपछि जसपा गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न गएको थियो। २५ सिटबाट सुरु भएको छलफल २० देखि २२ सिटमा पुगेको थियो। सहमतीहुँदा जम्मा १७ सिट पाएको छ।
जसपाले सप्तरी १, २ र ४, सिरहा २ र ४,धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४,रौतहट २, बारा २, पर्सा १ र २,रुपन्देही ४, मोरङ ५ र सुनसरी १ पाएको छ।
प्रदेशमा भने उसले गठबन्धनको भन्दा बढी सिट पाएको छ। मधेस प्रदेशमा जसपाले बहुमत पाएको छ। प्रदेशमा एमाले र जसपाविच ४४ सिटमा सहमति भएको छ।
सहमति पत्रमा उल्लेख भए अनुसार तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र दुवै दलले उम्मेदवारी दिन पाउने र सहमति निर्वाचनपछि पनि कायम रहने उल्लेख छ।
जसपा गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा भित्रिएको छ। तर कति सिट पाउने सहमति भइसकेको छैन।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच सिट सङ्ख्यामा सहमति भएर उम्मेदवार समेत तय भइरहेका छन्।
असोज २२, २०७९ शनिबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।