गठबन्धनबाट पाएको १९ सिटमा एकीकृत समाजवादीले उम्मेदवार टुङ्ग्यायो

गठबन्धनबाट पाएको १९ सिटमा एकीकृत समाजवादीले उम्मेदवार टुङ्ग्यायो

काठमाडौं : एकीकृत समाजवादीले गठबन्धनबाट आफ्नो दलले पाएको प्रतिनिधि सभाको १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ।

एकीकृत समाजवादीले प्रत्यक्षतर्फको उम्मेदवारको नाम टुङ्ग्याएको हो। अधिकांश उम्मेदवार पुरानै छन्।

गत निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने सबै नेताले  टिकट पाए। माधव नेपाल रौतहट-१, झलनाथ खनाल इलाम-१ र जगन्नाथ खतिवडा उदयपुर-२ बाट उम्मेदवार बनेका छन्।

सचिव रामकुमारी झाँक्री गुल्मी- २ बाट उम्मेदवार बन्ने भएकी छिन्। एमालेबाट तनहुँ- २ बाट सांसद बनेका किसान श्रेष्ठ बारा- ४ मा गएका छन्।

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ- १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवार

१. इलाम १ - झलनाथ खनाल

२. उदयपुर २ - जगन्नाथ खतिवडा

३. रौतहट १ - माधवकुमार नेपाल

४. बारा ४ - कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं  ८ - जीवनराम श्रेष्ठ

६. ललितपुर २ - कृष्णलाल महर्जन

७. धादिङ १ - राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर २ - विरोध खतिवडा

९. कास्की २ - श्रीनाथ बराल

१०. गुल्मी  २ - रामकुमारी झाँक्री

११. पाल्पा २ - सोमप्रसाद पाण्डे

१२. रुपन्देही २ - राजु गुरुङ

१३. दाङ  १ - मेटमणि चौधरी

१४. सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा - धनबहादुर बुढा मगर

१६. दैलेख १ - अम्बरबहादुर थापा

१७. अछाम १ - शेरबहादुर कुँवर

१८. बझाङ - भानुभक्त जोशी

१९. डोटी - प्रेमबहादुर आले

असोज २२, २०७९ शनिबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।