प्रचण्डले गोरखा–२ बाट चुनाव लड्ने, एमालेले उठायाे ३० वर्षीय अल्दुस मियाँ

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट चुनाव लड्ने भएका छन्।
पार्टी पदाधिकारीको शुक्रबारको बैठकले प्रचण्डलाई गोरखाबाट चुनाव लडाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।
प्रचण्ड यसअघि चितवन–३ बाट चुनाव लड्ने तयारीमा थिए। तर, अन्तिममा उनले सुक्षित स्थान खोज्दै गोरखा–२ रोजेका हुन्।
तर, एमालेले भर्खरै विवेकशील साझाबाट पार्टी प्रवेश गरेका ३० वर्षीय अब्दुस मियाँलाई गोरखा–२ मा उठाउने निर्णय गरेको छ। यसले उनलाई केही धक्का भने अवश्य दिनेछ।
डा. बाबुराम भट्टराईले निर्वाचन नलड्ने भएपछि प्रचण्डले गोरखाबाट निर्वाचन लड्न लागेका हुन्।
२०६४ सालमा पहिलोपटक चुनाव लड्दा प्रचण्ड काठमाडौं–१० र रोल्पाबाट लडेका थिए। ७० मा काठमाडौं–१० र सिरहाबाट लडेका उनी काठमाडौंमा पराजित भए भने सिरहाबाट जिते।
२०७२ को संविधानले एक व्यक्ति दुई स्थानमा लड्न नपाउने व्यवस्था गरेपछि उनी २०७४ मा चितवन–३ बाट लडेर विजयी भएका थिए।
असोज २१, २०७९ शुक्रबार २२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।